📰 न्यूज

सिरहामा प्रहरीको अगाडिबाटै हथकडी सहित फरार

मुखिलाल चौधरी
२०२३-१२-२५ · २ वर्ष अगाडि

सिरहा/ जिल्ला सरकारी वकिलको कार्यालय सिरहा अगाडिबाट हतकडीसहित एक अभियुक्त फरार भएका छन्।
बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको आरोपित छोटु सदा हथकडी सहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले पुष्टि गरेका छन्।
बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो।
प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको छ।

मुखिलाल चौधरी

मुखिलाल चौधरी

अवकाशप्राप्त सह-प्राध्यापक, कवि, गजलकार, गीतकार तथा समाजसेवी। शब्दमार्फत समाजलाई जोड्ने एउटा सानो प्रयास।

पूरा परिचय

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुने छैन।

↑