आईतबार सुखीपुर / सुखीपुर स्थित श्रीजनता माध्यमिक विद्यालय, सुखीपुरबाट 2041 सालको एस एल सी उत्तीर्ण आफ्नै गाउँ-घरको श्री Rajeshwar Yadav त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायको सहायक डीन जस्तो गरिमामय पदमा नियुक्त हुनु भएका त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त क्याम्पसहरूको स्थलगत निरीक्षणको क्रममा उक्त श्री जनता माध्यमिक विद्यालय, सुखीपुरकै प्राङ्गणसंगै टासिएकै आफ्नै 1 बिगहा 12 कट्ठा (32 कट्ठा जग्गा) मा निर्मित आफ्नै भवनमा श्रीराम जानकी बी.एन. जनता बहुमुखी क्याम्पस, सुखीपुरको क्याम्पस सञ्चालक समितिले उहाँलाई माला लगाई भव्य स्वागत गर्नुका साथै एक कार्यक्रमको आयोजना गरेर दोसला ओर्हाउदै सम्मान-पत्र प्रदान गरि सम्मान गरेकोछ ।
उक्त कार्यक्रममा मलाई पनि मैले यस क्याम्पसको शुभारम्भ गर्नमा बिशेष भूमिका निर्वहनका साथै विधान बनाउनमा सहयोग गरेको तथा स्वीकृति गराउनमा अग्रगनि भूमिका निर्वाह गर्दै समय-समयमा क्याम्पसको उन्नति तथा प्रगतिमा सहयोग गरेको र हाल उक्त क्याम्पसको विधान संशोधन समितिको संयोजक भॢई विधान संशोधनमा महत्वपूर्ण भूमिका निर्वहन वापत सम्मान गरिएकोछ ।
उक्त कार्यक्रममा यस क्याम्पसमा अध्यापन गर्ने शिक्षकहरू श्रीभरतकुमार मंडल, श्रीजीवछ यादव, श्रीरत्नेश भूषण, श्रीभूवनेश्वर यादव, श्रीदेवनारायण यादव, श्रीसूर्यनाथ यादव र लेखापाल एवं प्रशासन सहायक श्रीओमप्रकाश गुप्तालाई सम्मान-पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
श्रीराम जानकी बी.एन. जनता बहुमुखी क्याम्पस, सुखीपुरको अध्यक्ष श्रीमहेशकुमार चौधरीको सभापतित्व तथा सहायक डीन एशोशिएट प्रोफेसर श्रीराजेश्वरप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेवा सेवानिवृत्त एशोशिएट प्रोफेसर श्रीमुखीलाल चौधरी, प्रादेशिक अस्पताल, सिरहाको अध्यक्ष श्रीसुरेन्द्रप्रसाद यादव (सोहेन्द्रप्रसाद), सुखीपुर नगरपालिका 8 को अध्यक्ष श्रीकिशोरप्रसाद चौधरी, क्याम्पस प्रमुख श्रीसूर्यनाथ यादव, सुखीपुर व्यापार समिति, सुखीपुरको अध्यक्ष श्रीशत्रुघ्नप्रसाद चौधरी, क्याम्पस सञ्चालक समितिको सल्लाहकार श्रीअशोकप्रसाद गुप्ता आदि ईत्यादि महानुभावहरूले आ-आफ्ना मन्तव्य राख्नु भएका थिए।
कार्यक्रमको सञ्चालन श्रीरतनेश चौधरीले गर्नु भएको थियो र स्वागत मन्तव्य श्रीभूवनेश्वर यादवले दिनु भएको थियो।

