मिति 2080 पौष 21 गते भएको मैथिल समाज नेपाल रूपन्देही,बुटवलको 16 म् साधारण सभा तथा 8 म् अधिवेशन पूर्ण रूपेण असफल भएकोछ। 2063 सालमा गठित यो समाजको साधारण सभा तथा अधिवेशन कहिले पनि यसरी असफल भएको थिएन।

समाजले अधिवक्ता श्रीघनश्याम पन्तको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउनुका साथै पाँच सदस्यीय समन्वय समिति पनि बनाएको थियो । समाजका सदस्यहरूलाई समावेश गरेर बनाइएको “मैथिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको कोषाध्यक्ष एवं लुम्बिनी ईन्ष्टिच्यूट अफ टेक्नीकल साइन्स, बुटवल (लिट्स) को प्रशासकीय अधिकृत श्रीनागेन्द्रराय यादवले लाखौं लाख हिनामिना गर्दै बेईमानीसमेत गरेकोछ ।
उक्त सहकारी संस्थाको अध्यक्ष एवं बुटवल बहुमुखी क्याम्पस, बुटवलको प्राणी शास्त्र बिभागको सहप्राध्यापक श्रीसुधीरकुमारलाल कर्णलाई समन्वय समितिको सदस्य बनाईएको थियो र हिनामिनासहित बेेइमानीको मतिहार बनेको श्रीकर्णको सिफारिसमा लाखौँ लाख हिनामिनासहित बेईमानी गर्ने श्रीनागेन्द्रराय यादवलाई समाजको सचिवमा राख्न सिफारिस गरेकाले श्रीकर्णका साथै श्रीनागेन्द्रराय यादवलाई अधिवेशनका सहभागीहरूले चर्को बिरोध गरेर अधिवेशन बिथोलियो थियो।
समाजको 18 बर्षे ईतिहासमा साधारण सभा तथा अधिवेशनमा कहिले पनि बिवाद भएको/निर्वाचन भएको थिएन।
