मिति 2080 माघ 1 गते धनगढीमाई नगर पालिका 11, धनगढीमाई आम चौकमा थारू कल्याणकारिणी सभा, धनगढीमाई नगर समितिको सभापति श्रीशम्भूप्रसाद चौधरीको सभापतित्वमा तथा मधेश प्रदेश सभा सदस्य माननीय श्रीराजेन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यमा “तिल्ला संक्रांति महोत्सव” मनाईएकोछ।

श्रीसंजय चौधरीको उदघोषण तथा श्रीमती अनिता चौधरी स्वागत मन्तव्यबाट शुभारम्भ भएको महोत्सवलाई माननीय विधायक श्रीराजेन्द्रप्रसाद चौधरीले चौमुखा डैठ (दियो) प्रज्ज्वलित गरि महोत्सवलाई सम्मुदघाटन गर्नु भएको थियो।

थारू कल्याणकारिणी सभा, धनगढीमाई नगर समितिको सचिव महोत्सवको संयोजक श्रीउरेश चौधरीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

महोत्सवमा थारू सामुदायिक सेवा केन्द्र, लहानको सचिव सेवानिवृत्त एशोसियेशन प्रोफेसर श्रीमुखीलाल चौधरी; धनगढीमाई नगर पालिकाकी नगर उपनगर प्रमुख श्रीमती संगीता चौधरी; थारू कल्याणकारिणी सभा, सिरहा जिल्ला कार्यसमिति, लहानको सभापति श्रीसत्यनारायण चौधरी;

थारू सामुदायिक सेवा केन्द्र, लहानको अध्यक्ष श्रीरामस्वरूप चौधरी; धनगढीमाई नगर पालिकाको पूर्व नगर प्रमुख श्रीहरिनारायण चौधरी तथा धनगढीमाई नगर पालिकाको नगर प्रमुख श्रीशिवशंकर महतोले आ-आफ्ना शुभकामना मन्तव्य दिनु भएका थिए।

थारूहरूको संस्कार तथा संस्कृति सम्बर्धन एंव संरक्षणका लागि नगर प्रमुख श्रीशिवशंकर महतोले रू.51,000/= (एकाउन्न हजार मात्र) प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

नगर प्रमुख श्रीशिवशंकर महतोलाई थारू सामुदायिक सेवा केन्द्र, लहानको सचिव म श्रीमुखीलाल चौधरी थारू सामुदायिक सेवा केन्द्र, लहानका सबै पदाधिकारीहरूका साथै थारू कल्याणकारिणी सभा, धनगढीमाई नगर समितिका समस्त पदाधिकारीहरू तथा समस्त थारू बन्धु-बान्धवको तर्फबाट हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु। भविष्यमा पनि यस्तै सदभावनापूर्ण सहयोगको अपेक्षा गर्दछु ।

महोत्सवमा थारू संस्कृति झल्काउने बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकोथियो ।

