मिति 2080 माघ 12 गते एउटा कार्यक्रम बिशेषमा जिल्ला सुनसरी रामधुनी नगरपालिका 8, सोरह नं. झोरा गएको बेला रामधुनीको दर्शन गर्ने सुअवसर प्राप्त भयो ।
रामधुनी मंदिर रामधुनी नगरपालिका 8 मा पर्दछ या भनौ रामधुनीको नाममा नगरपालिकाको नाम रामधुनी राखिएकोछ र रामधुनीको नाममा नै जंगलको नाम रामधुनी जंगल राखिएकोछ।
एउटा किंवदन्तीअनुसार पौराणिक कालमा रामको धुनीका लागि एउटा साधु जंगल जान्थियो र जुन लकडीमा आफ्नो फलामे चिमटाले ठट्याउदै धुनीका लागि हिड़ भन्ने बित्तिकै त्यो लकड़ी
बिस्तारै-बिस्तारै आफै घिस्रिन थाल्थियो र धुनीसम्म पुग्थियो । यसै क्रममा एक दिन एउटा साधु लकड़ी लिन जंगल गयो र एउटा लकड़ीमा चिमटाले ठट्यादै धुनीका लागि हिड़भन्दा जब लकड़ी बिस्तारै घिस्रिन थाल्नै बित्तिकै त्यो साधु घिसारिरहेको लकड़ीमाथि बस्यो । साधु लकड़ीमाथि बस्ने बित्तिकै लकड़ी घिस्रिन छाड्यो । त्यो दिनदेखि साधुहरूले धुनीका लागि जंगलबाट लकड़ी बोकेर ल्याउन थाल्यो।

रामधुनी मंदिर सुनसरी जिल्लाको एउटा मह्त्वपूर्ण धार्मिक स्थल हो । रामधुनी मंदिर परिसर बृहत्त, भव्य र सफा-सुघर छ। रामधुनी मंदिर परिसरमा रामधुनी मंदिर प्रमुख मंदिर हो यसको मध्य भागमा एउटा खाल्डो छ जसमा लकड़ीको मुढाहरू राखेर धुनी बालिन्छ। यसको अतिरिक्त 4,5 वटा अरू मंदिरहरू पनि छन ।

अष्टचिरञ्जीवी मंदिर दोस्रो महत्त्वपूर्ण मंदिर छ जसको मध्य भागमा सातवटा घोडा युक्त सूर्यदेवको मुर्ति स्थापित गरिएकोछ र तीनवटा भित्ताहरूमा 9 वटा देवताहरूको मूर्तिहरू स्थापित गरिएकोछ।

एउटा राम मंदिर छ जुन मंदिर रामधुनी मंदिरको ठीक साम्मुने छ । यो मंदिरको मध्य भागमा रातो पत्थरमा राम,सीता एवं लक्ष्मणको मूर्ति कोरिएकोछ र यसको पछिल्तिर अरू मूर्तिहरू स्थापित गरिएकोछ।

एउटा आचार्य दम्पतीले आफ्नो आमाबुबाको स्मृतिमा सीताराम मंदिर बनाएकोछ जसको भित्री भित्तामा राम, सीता, लक्ष्मण,भरत,शत्तुघ्न, हनुमानसहित बहुतै चित्रहरूसमेत राम दरवार देखाउने चित्र कोरिएकोछ।

एउटा अझै दिवाल नभएको चदरा भएको छाना भएको मंदिर छ जसको मध्यभागमा खाल्डो छ र त्यो खाल्डोको खाम्भोमा चारवटा कछुवासहित आकृति बनाइएको छ।
रामधुनी नगरपालिकामा अहिले पनि घना जंगल छ। जंगलको बाहिरी भागमा नयाँ तर पातुलो-पातुलो सालका रूखहरू छन भने भित्रिभागमा पुराना तथा मोटा-मोटा घना सालको रुखहरू छन ।

रामधुनी मंदिर तथा रामधुनी जंगलको भ्रमण एउटा स्मरणीय भ्रमण हुनुका साथै यादगार अनुभूतिको रूपमा लिएकोछु।

रामधुनी मंदिर परिसरमा एउटा कुण्ड छ जसमा भएको पानी कहिले पनि सुक्दैन । पहिला यो कुण्ड एउटा कुवाको रूपमा थियो र अहिले त्यस कुवालाई आधुनिकीकरण तथा सौन्दर्यीकरण गर्दै कुण्डको रूप दिएकोछ।


प्रतिक्रियाहरू (१)