म जब जब काठमाण्डू आउँछु, नेपाल सरकार विद्युत प्राधिकरणको भू. पू. निर्देशक मित्रवर श्री ई. काशेन्द्रप्रसाद यादवसँग अवश्य भेटघाट गर्न चाहन्छु र भेटघाट गर्छु पनि । उहाँ पनि यति उदार हुनु हुन्छ कि उहाँ जहाँ भए पनि म उहाँलाई फोन गर्ने बित्तिकै भेटघाट गर्न आई पुग्नु हुन्छ।
आज मिति 2080 पौष 25 गते बुधवार जब म काठमाण्डू आएँ र उहाँलाई फोन गरेँ उहाँ तुरन्तै आफ्नो घर नयाँ ठिमीबाट निस्किनु भयो र हामी दूबै जना RNAC निर भेट्यौ र लामो समयसम्म घुमघाम गर्यौ र घुमघामको क्रममा बसन्तपुर दरबार पनि पुग्यौ । केही तस्विरहरू पनि खिच्यौ। आजभोली असल मित्र पाउनु बहुत-बहुत गाह्रो काम हो । म उहाँ जस्तो असल मित्र पाएकोमा आफूलाई भाग्यशाली ठानेकोछु र गौरवान्वित महसूस गर्दछु ।

